सर्वोच्च अदालतभित्रै मल्ल र शर्मा पक्षबीच टकराव, लालटिन बालेर बारले विरोध गर्ने

२०८३ जेठ ०५ गते

सर्वोच्च अदालतभित्रै मल्ल र शर्मा पक्षबीच टकराव, लालटिन बालेर बारले विरोध गर्ने

काठमाडौँ । सर्वोच्च अदालतभित्रै टकरावको स्थिति देखिएको छ। कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सोमबार दर्ता गर्न आदेश दिएका रिट सर्वोच्च प्रशासनका कर्मचारीले अटेर गरेपछि न्यायपालिकामै मनमुटाव र टकरावको अवस्था सिर्जना भएको हो।

 

Advertisement:

Ad
Ad

संवैधानिक परिषद्ले कायममुकायम न्यायाधिश सपना मल्ल प्रधानलाई छाडेर चौथो वरीयताका न्यायाधीश डा मनोजकुमार शर्मालाई भावी प्रधानन्यायाधीशमा सिफारिस गरेपछि सर्वोच्च अदालतभित्र मनमुटावको स्थिति देखिएको छ। प्रधानन्यायाधीशको रोलक्रममा मल्ल रहे पनि उनलाई छाडेर शर्मालाई बहुमतबाट सिफारिस गरिएको हो। सिफारिसमै विपक्षी दलहरुकोको विमति छ। तर रास्वपा भने शर्माको समर्थनमा र अरु न्यायाधीशको विरोधमा उत्रिएको छ। 

 

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका छन्। उजुरीका लागि हिजो सोमबार सम्मको समय तोकिएको थियो। अब ती उजुरीमाथि छलफल गरेर शर्माको सिफारिस बारे समितिले निर्णय गर्नेछ। यता संसदमा समेत रास्वपाका सांसदहरूले मल्लमाथि आक्रेशित हुँदै अदालतले सीमा नाघेको आरोप लगाउँदै उनीहरूले शक्ति पृथकीकरणको सिद्धान्तमाथि प्रश्न उठाए। तर एमाले सांसद ऐन महरले संविधानको धारा १०५ सम्झाउँदै विचाराधीन मुद्दामाथि संसदमा बहस गर्नु नै गलत भएको बताए।

 

सोमबारको घटनापछि नेपाल बार एसोसिएसन आक्रोशित बनेको छ। बारले सर्वोच्च प्रशासनले समानान्तर अदालत चलाएको आरोप लगाउँदै कामु प्रधानन्यायाधीशको आदेश नमान्नु ऐतिहासिक भूल भएको टिप्पणी गरेको छ। साथै संसदमा न्यायाधीशमाथि भएको टिप्पणीप्रति पनि आपत्ति जनाउँदै अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन माग गरेको छ।