२०८२ असार २३ गते
काठमाडौँ । धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठविरुद्ध कारबाहीको माग गर्दै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा उजुरी दर्ता भएको छ । अशोक थापाले दर्ता गराएको उजुरीमा श्रेष्ठको नियुक्तिपछि पुँजी बजारमा शंकास्पद गतिविधि बढेको र ४३ खर्बभन्दा बढीको लगानी जोखिममा पर्नुका साथै मुलुक ग्रे लिस्टबाट कालो सूचिमा पर्न सक्ने दाबी गरिएको छ ।
उक्त उजुरीमा अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिचौलियामार्फत स्टक एक्सचेन्जको लाइसेन्स दिने, जलविद्युत कम्पनीबाट कमिसन असुल्ने, आफैंले लगानी गरेको बुङ्गल हाइड्रोलाई आइपिओ अनुमति दिने जस्ता कार्यमा संलग्न रहेको उल्लेख छ । अध्यक्ष श्रेष्ठ, उनका परिवार र नातेदारको नाममा बुङ्गल हाइड्रोमा पाँच लाखभन्दा बढी कित्ता शेयर रहेको दाबी गरिएको छ । उजुरीमा बोर्डका अन्य सदस्यहरूमाथि पनि छानबिन गरी कारबाहीको माग गरिएको छ ।
प्रतिक्रिया