२०८३ जेठ ०७ गते
काठमाडौँ । संसदमा प्रधानमन्त्रीको जोडदारले माग गर्दा पनि प्रधानमन्त्री बालेन्द्र शाहले अटेर गर्दै अनुपस्थित भएपछि विपक्षी दलहरुले बेल घेराउ गर्दै नाराबाजी गरेका छन् । सांसदहरुले 'यस्तो प्रधानमन्त्री चाहिँदैन' 'दुई तिहाईको दम्भ अन्त्य गर्' भन्दै विरोध र नाराबाजी गरेका हुन् ।
बिहीबारको संसद सुरु भएदेखिनै विपक्षी दलहरुले प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्नुपर्ने माग राख्दै नाराबाजी गरेका हुन् । यद्यपि ऐनहरु भने दुईतिहाईको जोडमा पेलेरै पारित गरिएको छ ।
प्रतिक्रिया