२०८२ असार १८ गते
काठमाडौँ । मध्यरातमा सर्वोच्च अदालतको संवैधानिक इजलास भरिभराउ भएको छ । केपी ओली सरकारले नियुक्त दिएको संवैधानिक आयोगका ५२ पदाधिकारी विरुद्ध परेको रिटको फैसला आउने भएपछि इजलास भरिभराउ भएको हो ।
अदालत स्रोतका अनुसार बुधबार मध्यरातको १२ नबज्दै फैसला सुनाउने तयारीस्वरुप संवैधानिक इजलास बसेको हो । बुधबार १२ घन्टादेखि न्यायाधीशहरू छलफलमा छन् ।
संवैधानिक परिषद्को सिफारिसअनुसार २१ माघ २०७७ मा ३२ जना र १० असार २०७८ मा २० जना गरी ५२ पदाधिकारी नियुक्त भएका थिए ।
संवैधानिक इजलासमा सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् ।
यसअघि जेठ २८ गते नै निर्णय सुनाउने भनिएकोमा असार १८ गतेलाई सारिएको थियो ।अहिले इजलासमा कानुन व्यवसायी, पत्रकार र सुरक्षाकर्मी तैनाथ छन् । इजलासको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रतिक्रिया