विरोध भएपनि एजुकेशन कन्सल्टेन्सीलाई २५ लाख धरौटीको व्यवस्थाबाट सरकार हट्दैन: शिक्षामन्त्री पोखरेल

२०८३ साउन ०८ गते

विरोध भएपनि एजुकेशन कन्सल्टेन्सीलाई २५ लाख धरौटीको व्यवस्थाबाट सरकार हट्दैन: शिक्षामन्त्री पोखरेल

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि निर्धारण गरिएको रु २५ लाख धरौटीको व्यवस्थाबाट सरकार पछि नहट्ने बताएका छन्।


शिक्षासम्बन्धी विषयमा कलम चलाउने पत्रकारसँग आज सिंहदरबारस्थित मन्त्रालयमा छलफलका क्रममा मन्त्री पोखरेलले कतिपय व्यवसायीकै सुझावका आधारमा ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली २०८३’ मार्फत गरिएको त्यस्तो व्यवस्था फिर्ता नहुने स्पष्ट गरेका हुन्।

Advertisement:

Ad
Ad

 

तीन प्रतिशत समता शिक्षा शुल्कमा सरकार पछि हटे जस्तै परामर्श व्यवसायका सम्बन्धमा पनि सरकार पछि हट्ने त होइन भन्ने पत्रकारको प्रश्नमा मन्त्री पोखरेलले त्यस्तो सोच नभएको बताएका हुन्। 

 

मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐनजस्ता कानुन निर्माण गर्दा भने सरोकार भएका पक्षसँग पूर्वपरामर्श गरिने पनि उल्लेख गरे । उनले विश्व बिद्यालयहरुलाई स्वायत्त र दलीय प्रभावमुक्त बनाउन नवनियुक्त उपकुलपतिहरूलाई आफ्नो सोचपत्रसहित अघि बढ्न आग्रह गरिएको जनाए।