सभामुखलाई रास्वपा महामन्त्री बिपिन आचार्यलेनै संसदको पनि समीक्षा गर्नुस्..भनेपछि

२०८३ असार ३१ गते

सभामुखलाई रास्वपा महामन्त्री बिपिन आचार्यलेनै संसदको पनि समीक्षा गर्नुस्..भनेपछि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री बिपिन आचार्यले सभामुख डोलप्रसाद अर्याललाई संसदको समीक्षा गर्न आग्रह गरेका छन् । उनले संसद शुरु भएको १०० दिन बढी भैसक्दा संसदीय गतिविधीको समीक्षा गर्न सभामुखसँग आग्रह गरेका हुन् ।

 

Advertisement:

Ad
Ad

बैठकमा आफ्नो धारणा राख्दै आचार्यले भने,'सामान्यतया सरकारको सय दिन पुगेपछि 'हनिमुन पिरियड' सकिन्छ र त्यसको समीक्षा गर्ने अभ्यास छ। संसद्को हकमा चाहिँ 'हनिमुन पिरियड' भनेर सुनेजस्तो लाग्दैन। खैर जे होस्, संसद्ले पनि आफ्नो समीक्षा गर्ने बेला चाहिँ भयो कि जस्तो लाग्छ।संसद् सुरु भएदेखि अहिलेसम्म सांसदहरूको उपस्थिति कति रह्यो ?सांसदहरूले प्रस्तुत गरेका संशोधनका कारण विधेयकहरू कति समृद्ध भए ? संसदीय समितिहरूले कति काम गरे? संसद्मा उठेका शून्य, विशेष र आकस्मिक समयका कुराहरू कति सम्बोधन भए ? सांसदहरूको प्रस्तुति कस्तो रह्यो रु प्रतिनिधिसभा नियमावलीको उल्लङ्घन सत्तापक्ष, सरकार र प्रतिपक्षले कतिपटक गरे ? ती उल्लङ्घनलाई संसद्ले कसरी लियो? संसद्को गरिमा बढ्दो क्रममा छ कि घट्दो? एउटा सशक्त र समृद्ध संसद् यस्तै हुन्छ कि हाम्रो सामूहिक मिहिनेत पुगेन?'


उनले संसद् नागरिकको निराशालाई आशामा बदल्ने ठाउँ भएकाले आफूहरु सही दिशामा रहे नरहेको सबै विषयको समीक्षा गर्न समेत आग्रह गरेका छन् ।