२०८२ फागुन ०८ गते
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले वर्षौंदेखिको अभ्यास विपरित रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको ओपनिङ रेन्ज तोकेपछि धितोपत्र बोर्डले यसबारे नेप्सेसँग जवाफ माग गरेको छ। नेप्सेले रेन्ज तोकेको भोलिपल्ट नै धितोपत्र बोर्डले यसबारे नेप्सेसँग जवाफ माग गरेको हो।
धितोपत्र बोर्डले नेप्सेलाई पठाएको पत्रमा कुन कुन आधारमा रही के कति कारणले यस अघि भन्दा फरक हुने गरि ओपनिङ रेन्ज प्रदान गरिएको हो सो को जवाफ पठाउन भनिएको छ।
नेप्सेले यी दुबै कम्पनीको कारोबारको लागि अंकित मूल्यको ३ गुणासम्मको ओपनिङ रेन्ज तोकेको हो। यस अघि प्रति शेयर नेटवर्थको ३ गुणासम्मको ओपनिङ रेन्ज तय हुँदै आएको थियो।
अब सूचीकृत हुन आउने कम्पनीको हकमा पनि यहि नियम अर्थात् नेटवर्थ पोजेटिभ भएमा अंकित मूल्यको ३ गुणासम्मको ओपनिङ रेन्ज प्रदान गरिने नेप्सेले जनाएको छ। नेथ वर्थ नेगेटिभ भएमा भने नेटवर्थको ३ गुणासम्मको ओपनिङ रेन्ज प्रदान गरिने नेप्सेले उल्लेख गरेको छ ।
प्रतिक्रिया