२०८२ फागुन ०८ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले शनिबार रुपन्देहीको भैरहवामा गर्ने भनेको परिवर्तन उद्घोष सभा स्थगित गरेको छ । संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापक लगायतका कारणले सभा स्थगित गरेको भनिएको छ ।
रास्वपा रुपन्देहीका नेता मधु अर्यालले विशेष कारणले रुपन्देहीको सभा स्थगित भएको बताउँदै छिट्टै नयाँ मिति तय हुने बताए । रास्वपाले बुधबार धनगढी, बिहीबार सुर्खेतमा सभा गरिसकेको छ । शुक्रबार दाङमा सभा गर्ने तयारी छ ।
पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह अस्वस्थ भएपछि सुर्खेतबाट बिहीबार काठमाडौं फर्किएका छन् ।
प्रतिक्रिया