२०८३ असार २९ गते
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न १५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने निर्णय गरेको छ। यसअन्तर्गत आज असार २९ गते ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ छ’ जारी गरिनेछ। यस ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन सक्नेछन्। इच्छुक संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइनमार्फत बोलपत्र पेस गर्न सक्ने व्यवस्था गरिएको छ। बोलकबोल प्रक्रियाबाट नै ऋणपत्रको ब्याजदर तय गरिनेछ।
यो ऋणपत्रको अवधि एक वर्षको हुनेछ। यसको साँवा २०८४ असार २९ गते फिर्ता गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ। आवेदनका लागि न्यूनतम ५ करोड रुपैयाँको बोलपत्र पेस गर्नुपर्नेछ भने अधिकतम रकम कुल आह्वान गरिएको १५ अर्ब रुपैयाँको सीमाभित्र, ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी प्रस्ताव गर्न सकिनेछ।
प्रतिक्रिया