प्रधानमन्त्री बालेन शाह नआएपछि बैठक नै बहिष्कार

२०८३ वैशाख २८ गते

प्रधानमन्त्री बालेन शाह नआएपछि बैठक नै बहिष्कार

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिस्कार गरेको छ । कांग्रेसका सांसदहरुले असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्रीको जवाफदेहिता र हेलचेक्याइँप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । 


गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्रीसँग जवाफ माग गर्नुपर्ने भए पनि बैठकमा प्रधानमन्त्री अनुपस्थित रहेको कांग्रेसको भनाइ छ।समितिमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव  छन्। उनीहरू सोमबार ११ बजे बोलाएको बैठकमा अनुपस्थित रहेको संसदीय दल नेता आङ्देम्बेको सचिवालयले जनाएको छ।

Advertisement:

Ad
Ad

 

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नै नरहेको टिप्पणी गरेका छन्।