२०८३ साउन २७ गते
काठमाडौं । नेपाली बजारमा आज (बुधबार)सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २ सयले घटेर ३ लाख ६ हजार ७ सय रुपैयमा कारोबार भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयामा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ७४५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया