२०८३ साउन ०४ गते
काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न प्रमुख राजमार्ग प्रभावित भएका छन्। राति ९ बजेसम्मको सडक अवस्थाअनुसार काठमाडौं–धादिङ, धादिङ–मुग्लिङ तथा मुग्लिङ–नारायणगढ सडकखण्ड पूर्ण रूपमा बन्द भएका छन्।
काठमाडौं–काभ्रे–सिन्धुली सडक पनि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध रहेको छ। यस्तै, पोखरा–स्याङ्जा, इलाम–पाँचथर–ताप्लेजुङ तथा लमजुङ–मनाङ सडकखण्ड पनि वर्षाका कारण बन्द भएका छन्।
काठमाडौं–सिन्धुपाल्चोक–दोलखा सडकखण्ड भने एकतर्फी सञ्चालनमा रहे पनि निरन्तर वर्षा भइरहेकाले सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।
यता, बेनी–जोमसोम तथा इटहरी–दमक–काकडभित्ता सडकखण्ड सञ्चालनमा रहे पनि सडकको अवस्था कमजोर रहेकाले सवारी चालकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।
यसैबीच, काठमाडौं–कुलेखानी–हेटौंडा, ललितपुर–टिकाभैरब–हेटौंडा, मुग्लिङ–पोखरा–बागलुङ, नारायणगढ–बुटवल, बुटवल–पाल्पा, हेटौँडा–पथलैया–जनकपुर, पथलैया–सिमरा–वीरगञ्ज, बर्दिबास–कोशी ब्यारेज–इटहरी, विराटनगर–इटहरी–धरान, नेपालगञ्ज–कोहलपुर–सुर्खेत तथा बुटवल–नेपालगञ्ज–धनगढी सडकखण्ड भने सञ्चालनमा रहेका छन्।
लगातारको वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट पछिल्लो सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
प्रतिक्रिया