११ देशका राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई सर्वोच्चको आदेश

२०८२ कात्तिक १६ गते

११ देशका राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौँ ।  ११ देशका राजदूत फिर्ता गर्ने निर्णय कार्यन्वयन नगर्न सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार उक्त निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

 

Advertisement:

Ad
Ad

सरकारले ११ देशका राजदूतलाई कात्तिक २० गतेभित्रमा फर्किसक्न निर्देशन दिएको थियो। तर सरकारको उक्त निर्णयविरुद्ध सुनिल भट्टराई, लक्ष्मीप्रसाद रेग्मी र प्रतिभा उप्रेतीले रिट दायर गरेका थिए। उनीहरुले सरकारको उक्त निर्णय कार्यन्वयनमा तत्काल रोक लगाउन आवश्यक रहेको भन्दै अन्तरिम आदेश माग गरेका थिए। निवेदकको माग बमोजिम अदालतले अन्तरिम आदेश जारी गरेको हो।


 यी हुन् सरकारले फिर्ता बोलाएका राजदूत 

लोकदर्शन रेग्मी -अमेरिका

कृष्णप्रसाद ओली- चीन

चन्द्रकुमार घिमिरे-बेलायत

शैल रुपाखेती-जर्मनी

धनप्रसाद पण्डित-इजरायल

डा नेतप्रसाद तिमल्सिना-मलेसिया

रमेशचन्द्र पौडेल-कतार

जंगबहादुर चौहान-रुस

नरेशविक्रम ढकाल-साउदी अरब

शनिल नेपाल- स्पेन

डा दुर्गाबहादुर सुवेदी- जापान