२०८२ चैत १० गते
काठमाडौँ ।रास्वपा सभापति रवि लामिछानेको अभियोगपत्र संशोधनविरुद्ध परेका रिटमा मंगलबार पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।
न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ नसकिएपछि चैत १२ गते बिहीबारलाई पेसी तोकिएको छ।
लामिछाने लगायत प्रतिवादीविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर लगाउँदा पीडितहरूले न्याय पाउने बाटो बन्द हुने भन्दै महान्यायाधिवक्ता कार्यालयले अभियोगपत्र संशोधन गर्ने निर्णय गरेको थियो। त्यसविरुद्ध सर्वोच्चमा तीन रिट परेका छन्।
प्रतिक्रिया