रवि लामिछानेलाई संसदमा जान रोक लगाउनुपर्ने माग राख्दै सर्वोच्चमा दिइएको रिट निवेदन भएन दर्ता

२०८३ वैशाख ०९ गते

रवि लामिछानेलाई संसदमा जान रोक लगाउनुपर्ने माग राख्दै सर्वोच्चमा दिइएको रिट निवेदन भएन दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

मंगलबार सर्वोच्च अदालत प्रशासनले आयुष बडालले पेस गरेको निवेदन दर्ता गर्न अस्वीकार गरेको हो ।लामिछानेलाई सांसदको हैसियतले काम कारबाही गर्न रोक लगाउनुपर्ने मागसहित रिट पेश भएको थियो ।

Advertisement:

Ad
Ad

लामिछानेमाथि सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा चलेको थियो । सम्पत्ति शुद्धीकरण मुद्दा लागेका लामिछानेलाई सांसदको हैसियतले काम कारबाही गर्न रोक लगाउनुपर्ने माग राखी सर्वोच्चमा रिट निवेदन पेस गरेको थियो ।