आज भैरहवा जिल्ला अदालतमा उपस्थित गराएपछि रिहा हुँदै रवि लामिछाने

२०८२ पुस ०४ गते

आज भैरहवा जिल्ला अदालतमा उपस्थित गराएपछि रिहा हुँदै रवि लामिछाने

काठमाडौं । सहकारी ठगी प्रकरणमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने आज रिहा हुने भएका छन् । आज भैरहवा लगेर त्यहाँको जिल्ला अदालतमा उपस्थित गराई उनलाई रिहा गरिने भएको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले विहीबार सशर्त रिहा गर्न आदेश दिएपछि लामिछाने आवश्यक प्रक्रिया पूरा गरी आज रिहा हुन लागेका हुन् ।

Advertisement:

Ad
Ad

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका रवि आठ महिनादेखि थुनामा छन् । उनले विगो बराबरको रकम (२ करोड ७४ लाख ८४ हजार रुपैयाँ)धरौटी राखेर रिहा हुन पाउनुपर्ने माग गरेका थिए ।


सो माग बमोजिम उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न विहीबार आदेश दिएको थियो । त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।