२०८२ पुस ०८ गते
काठमाडौं। रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन साहबीच मध्यरातमा भएको भेटवार्ता सकारात्मक भएको उनीहरू निकट स्रोतले बताएका छन्।
गएराति असिम साहको म्युजिक कम्पनी जी–२१ को कार्यालयमा भएको भेट सौहार्दपूर्ण रहेको र सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको जनाइएको छ। भेटपछि रवि र बालेन एउटै गाडीमा बाहिरिएका थिए।
भेटको संयोजन गरेका रास्वपा नेता असिम साहले उनको सामाजिक सञ्जालमा रवि र बालेनको भेटले एकताको सन्देश दिएको भन्दै देशको अपेक्षा अनुसार दुवै नेताले मिलेर अघि बढ्ने संकेत गरेको बताएका छन्।
धरौटीमा रिहा भएपछि रवि लामिछानेले राजनीतिक भेटघाट र गतिविधि तीव्र बनाएका छन्।
प्रतिक्रिया