नारायणहिटीमा आजै राजालाई प्रवेश गराउने भन्दै सल्बलाए पूर्वराजा ज्ञानेन्द्रका समर्थक,विमानस्थलदेखि दरबारमार्गसम्म सुरक्षाकर्मीको हाइअलर्ट

२०८२ फागुन ०१ गते

नारायणहिटीमा आजै राजालाई प्रवेश गराउने भन्दै सल्बलाए पूर्वराजा ज्ञानेन्द्रका समर्थक,विमानस्थलदेखि दरबारमार्गसम्म सुरक्षाकर्मीको हाइअलर्ट

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौँ फर्कँदैछन् । यसैबीच राजावादी समर्थकहरुले आज ज्ञानेन्द्र शाहलाई नारायणहिटी राजदरबारमा प्रवेश गराउने बताइरहेका छन् । आजै राजावादी अभियन्ता दुर्गा प्रसाइँले पूर्वराजा शाहलाई नारायणहिटी प्रवेश गर्न तयार हुन आग्रह गर्दै एक भिडियो सार्वजनिक गरिसकेका छन् ।

Advertisement:

Ad
Ad

पूर्वराजा ज्ञानेन्द्रका समर्थकले गौशालामा माइकिङ गर्दै गणतन्त्र धोका भो, राजा विकल्प हो भन्दै नारा लगाइरहेका छन् । राजावदी समर्थक र सम्भावित भिडन्तलाई मध्यनजर गर्दै सरकारले त्रिभुवन विमानस्थलदेखि नारायणहिटी दरबारसम्मको मूख्य चोक सडकमा ठूलो संख्यामा सशस्त्र प्रहरी तथा सेना तैनाथ गरएको छ ।