प्रधानमन्त्रीले संसदलाई अपमान गर्नु भनेको जनतालाई हेप्नु हो : हर्क साम्पाङ

२०८३ वैशाख ३० गते

प्रधानमन्त्रीले संसदलाई अपमान गर्नु भनेको जनतालाई हेप्नु हो : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आजको संसद बैठक बहिस्कार गरेका छन् । नीति तथा कार्यक्रम पास गर्न आज डाकिएको प्रतिनिधी सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएपछि हर्क साम्पाङले आक्रोशित हुँदै प्रधानमन्त्री अनिवार्य उपस्थित भएर सांसदहरुले गरेको प्रश्नको उत्तर दिन माग गरेका थिए । प्रधानमन्त्री नआउने भएपछि उनले संसदलाई प्रधानमन्त्रीले हेपेको प्रतिक्रिया दिएका छन् । 

 

Advertisement:

Ad
Ad

सरकारले यही बैशाख २८ गते आगामी आर्थिक वर्षका लागि तय गरेको वार्षिक नीति तथा कार्यक्रम राष्ट्रपतिको मुखबाट बाचन गराएको थियो । राष्ट्रपतिले नीति तथा कार्यक्रम बाचन गर्दै गर्दा एकाएक बाहिरिएका प्रधानमन्त्रीको तीब्र आलोचना भएको थियो । आजको बैंठकमा संघीय संसद सचिबालयले आफ्नो कार्यसूचिमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रश्नोत्तरको जवाफ दिने सूचना दिएपनि अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएर अनुपस्थित भएका थिए । 

 

प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षी दलहरुले विरोध जनाएका छन् र केहीबेरका लागि बैंठक स्थगित भएको छ ।