प्रधानमन्त्रीको सम्बोधन : फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ,निर्वाचन अर्जुनदृष्टि

२०८२ पुस ०५ गते

प्रधानमन्त्रीको सम्बोधन : फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ,निर्वाचन अर्जुनदृष्टि

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छिन् ।

जेनजी आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १०० पुगेको अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्दै सो कुरा बताएकी हुन् । उनले पदमा रहँदा र अवकाश भइसकेपछि पनि कतिपयले लिइरहेको अनधिकृत र अवाञ्छित सुविधा कटौती गरेर जनताले तिरेको कर जोगाइएको बताइन्।

Advertisement:

Ad
Ad

‘जेनजी आन्दोलनको भावनाअनुसार यो सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएको छ’, उनले भनेकी छन्, ‘ म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा राष्ट्रिय एकताका लागि आह्वान गर्दछु । चुनावमा कसले जित्छ वा कसले हार्छ, त्यो गौण कुरा हो। हाम्रो लोकतन्त्र र राष्ट्रियताले जित्नु नै सबैभन्दा ठूलो कुरा हो ।’

उनले फागुन २१ गतेको निर्वाचनलाई परिवर्तनको ढोका उघार्ने एक राष्ट्रिय अनुष्ठानका रुपमा सम्पन्न गर्न आग्र गरेकी छन् ।