२०८३ वैशाख ३० गते
काठमाडौँ ।प्रतिनिधि सभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
प्रधानमन्त्री बालेन शाह नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जबाफ दिन संसदमा नगएपछि प्रतिपक्षी दलहरूले विरोध गरेका थिए।प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बैठकमा उपस्थित हुनुपर्ने माग गरेका थिए।
तर सत्तारूढ रास्वपाले प्रधानमन्त्री उपस्थित हुनैपर्छ भन्ने नरहेको बताएको थियो।सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका छन्।
प्रतिक्रिया