२०८२ साउन ०९ गते
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री लक्षित टीप्पणी गर्दै आफूलाई एमालेमा आउन कसैले रोक्न नसक्ने दाबी गरेकी छिन् । तपाइँलाई पार्टीमा ढोका बन्द भएको छ अब कसरी न्यायको याचना गर्नुहुन्छ, कसरी संघर्ष गर्नुहुन्छ भन्ने पत्रकारको जिज्ञासामा भण्डारीले कसैको मनगढन्ते पाराले पार्टी चल्न नसक्ने, पार्टी प्रणालीगत हिसाबले चल्ने भएकाले आफ्नो सदस्यता नविकरण भैसकेकाले पार्टीमा फर्कन कसैले रोक्न नसक्ने बताइन् ।
उनले भनिन्, एमालेमा मैले सफलतापूर्वक राष्ट्रपतिको कार्यकाल पुरा गरेपछि बाँकी जिवनकाल राजनीतीक पार्टीमै रहेर जनताको सेवा गर्न सक्छु भनेर नै सदस्यता नविकरण गरेकी हुँ । पार्टी त प्रणालीमा चल्छ । कसैलाई कुन बेला के गर्न मन लाग्छ त्यसरी पार्टी चल्नु हुँदैन । मैले पार्टी सदस्यता लिएकोनै ४५ वर्ष भैसकेको छ । कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खारेज गर्न सक्दैन ।
प्रतिक्रिया