एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन फागुनमा हुने

२०८२ मंसिर २९ गते

एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन फागुनमा हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन फागुनमा हुने भएको छ । एनआरएनएको महाधिवेशन फेब्रुअरी २३ देखि २५ सम्म गर्ने निर्णय भएको हो ।

एकता पश्चात् गठित स्टेरिङ कमिटीको बैठकले महाधिवेशनको मिति टुंगो लगाएको हो । महासचिवद्धय गौरीराज जोशी र बीआर लामाले विज्ञप्तिमार्फत महाधिवेशनको मिति तय भएको जनाएका हुन् ।

Advertisement:

Ad
Ad

स्टेरिङ कमिटीले राष्ट्रिय समन्वय समितिहरूको एकता सहजीकरण समिति गठन गरेको छ । गंगाधर गौतम संयोजक रहेको उक्त समितिमा सहसंयोजक टीका गुरुङ र सदस्यहरुमा नारायण काफ्ले, शनि ओली र चिरञ्जीवी खड़का छन् ।

बैठकले एकतासम्बन्धी क्षेत्रीय अन्तरक्रिया तथा संवाद गर्ने निर्णय गरेको छ । डिसेम्बर १९ मा मध्यपूर्व तथा अफ्रिका क्षेत्र, डिसेम्बर २० मा एसिया प्रशान्त तथा ओसिनिया क्षेत्र र डिसेम्बर २१ मा अमेरिका तथा युरोप क्षेत्रमा अन्तक्रिया र संवाद गरिनेछ ।

पाँच सदस्यीय सदस्यता समितिमा २ जना थप गरी ७ सदस्यीय बनाउने निर्णय गरिएको छ ।