नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार पनि बढ्यो

२०८२ चैत ०३ गते

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार पनि बढ्यो

मंगलबार नेप्से हरियाली छाएर बन्द भएको छ। अघिल्लो दिनको गिरावटबाट बजार फर्किँदै सामान्य सकारात्मक माहोल देखिएको हो। यस दिन नेप्से १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको छ। 

 

Advertisement:

Ad
Ad

आज कारोबार रकममा पनि वृद्धि भएको छ। सोमबारको तुलनामा बढ्दै कुल कारोबार १२ अर्ब ३ करोड रुपैयाँ नाघेको छ। ३४० स्टकको १ लाख ६ हजारभन्दा बढी कारोबारबाट ३ करोड ४८ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएका छन्।

आज ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेस्ट इनका लगानीकर्ताले राम्रो कमाइ गरेका छन्। शिवश्री हाइड्रोपावरको मूल्य पनि करिब ८ प्रतिशतले बढेको छ।

 

कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्षमा रह्यो, जहाँ ५६ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो। समग्रमा हेर्दा बजारमा आएको यो सुधारले लगानीकर्ताको आत्मविश्वास बिस्तारै फर्किन थालेको संकेत दिएको छ।