२०८३ जेठ ०६ गते
काठमाडौँ। दुई दिनको सामान्य गिरावटपछि बुधबार शेयर बजार (नेप्से) ले उत्कृष्ट लय समातेको छ। आज नेप्से परिसूचक ३०.०८ अंकले बढेर २७५४.४८ को विन्दुमा पुग्दा लगानीकर्तामा उत्साह देखिएको छ। बजारको समग्र अवस्थालाई दर्साउने अन्य सूचकहरू पनि आज सकारात्मक रहे। सेन्सेटिभ इण्डेक्स ३.६८ अंकले, फ्लोट इण्डेक्स १.९१ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंकले उकालो लागेका छन्।
कारोबारमा उत्साहजनक वृद्धि परिसूचकसँगै बुधबार कारोबार रकममा पनि आकर्षक सुधार आएको छ। मंगलबार ३ अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा, आज बढेर ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार रुपैयाँ पुगेको छ। आज ३४६ कम्पनीका १ करोड ६ लाख ६१ हजार कित्ता शेयर ५२,३३६ पटक खरिदबिक्री भएका छन्।
आज अप्पर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्; यस कम्पनीको शेयरमूल्य ७३.२० रुपैयाँले बढेर ५६१.२० रुपैयाँ पुग्दै सकारात्मक सर्किट लागेको छ। त्यस्तै, माउन्टेन हाइड्रोको करिब १२ प्रतिशत र बुंगल हाइड्रोको शेयरमूल्य साढे ७ प्रतिशतले बढेको छ। त्यसै गरि आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक (१३.२६ प्रतिशत) ले घटेको छ।
उच्च कारोबार गर्ने कम्पनीहरू मूल्य घटे तापनि कारोबार रकमका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक आज शीर्ष स्थानमा रह्यो। यस बैंकको १८ करोड ३५ लाख १३ हजार रुपैयाँ बराबरको शेयर किनबेच भयो। यसका साथै, आँखु खोला जलविद्युतको करिब १८ करोड र अपि पावरको ११ करोड रुपैयाँ माथिको कारोबार भएको छ।
सबै उपसमूहमा हरियाली आज बजारका १३ वटै उपसमूहमा हरियाली छाएको छ। जसमध्ये होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा बढी (१.८९ प्रतिशत) ले बढेका छन्। यस्तै वित्त, लगानी, उत्पादन तथा प्रशोधन, व्यापार र अन्य उपसमूहको परिसूचक पनि १ प्रतिशत भन्दा माथिले वृद्धि भएका छन्।
प्रतिक्रिया