नेप्सेले अन्तिम १५ मिनेटको औषत गणना विधि स्थगन गर्ने, मंगलबारेदखिको कारोबारमा नयाँ नियम लागू हुने

२०८२ असोज ०५ गते

नेप्सेले अन्तिम १५ मिनेटको औषत गणना विधि स्थगन गर्ने, मंगलबारेदखिको कारोबारमा नयाँ नियम लागू हुने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले अन्तिम १५ मिनेटको औषत गणना विधि स्थगन गर्ने भएको छ । नपाल स्टक एक्स्चेन्ज नेप्सेद्वारा जारी सूचना अनुसार अन्तिम १५ मिनेटको औषत गणना विधिलाई स्थगित गर्नका लागि नेपाल धितोपत्र बोर्डले नेप्सेमा पत्र पठाएको थियो । सोही आधारमा यस्तो गणना विधि स्थगित गरिएको नेप्सेले जनाएको हो ।

 

Advertisement:

Ad
Ad

नेप्सेमा २ः४५ देखि ३ बजेसम्म कायम मूल्यको भारित औषत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिनेछ । यस अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिनेछ भन्ने व्यवस्थालाई स्थगन गरी अनि कारोबार मूल्यका आधारमा अन्तिम सूचकांक गणना गर्ने व्यवस्था मिलाइएको नेप्सेले जनाएको छ ।आज सूचना जारी भएपनि भोलि सार्वजनिक बिदा परेको र पर्सी मंगलबारदेखि नयाँ नियम लागू हुने नेप्सेले जनाएको छ ।