नेप्सेमा लगातार दोहोरो अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो

२०८३ जेठ ११ गते

नेप्सेमा लगातार दोहोरो अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार २७.८५ अंकले बढ्दै २,७८६.३५ विन्दुमा पुगेको छ । एक प्रतिशत बराबरको वृद्धि सहित बजार सकारात्मक देखिँदा अधिकांश सूचीकृत कम्पनीहरूको सेयर मूल्यमा सुधार आएको छ।

 

Advertisement:

Ad
Ad

आजको कारोबारमा कुल ५ अर्ब ९८ करोड ६४ लाख रुपैयाँभन्दा बढी बराबरको सेयर किनबेच भएको छ भने १ करोड ४५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। बजारमा कुल ७५ हजार ८५६ पटक कारोबार हुँदा ३४२ कम्पनीका सेयर खरिद–बिक्री भएका छन्। बजारको व्यापक सहभागितालाई संकेत गर्दै २३५ कम्पनीको सेयर मूल्य बढेको, २८ कम्पनीको घटेको र ७ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ। यसले लगानीकर्ताको मनोबल बलियो बन्दै गएको संकेत गरेको विश्लेषकहरू बताउँछन् ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहँदा रिंडी र अपि पावर कम्पनी क्रमशः उच्च कारोबार हुने कम्पनीमा परेका छन् । यस्तै, मूल्य वृद्धिका आधारमा थ्री स्टार हाइद्रोपावर, सुपरखुदी हाइड्रोपावर, अपर हेवाखोला हाइड्रोपावर शीर्ष कमाउने कम्पनी बनेका छन् ।

 

लगातार सकारात्मक लयमा देखिएको बजारमा अधिकांश क्षेत्रगत सूचकहरू पनि हरियो रहेकाले आगामी दिनमा लगानीकर्ताको ध्यान कारोबार रकम र संस्थागत लगानीको प्रवाहतर्फ केन्द्रित हुने देखिएको छ। करिब ६ अर्ब रुपैयाँको कारोबारसँगै नेप्सेले बजारमा खरीद चाप कायम रहेको संकेत दिएको छ।