नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

२०८३ वैशाख २४ गते

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

काठमाडौँ । बिहीबार नेप्से परिसूचक सामान्य सुधारसहित हरियालीमा बन्द भएको छ । अघिल्लो दिन सामान्य गिरावट आएको बजार यस दिन भने सीमित अंकले उकालो लागेको हो । यस दिन नेप्से परिसूचक ६.९४ अंकले बढ्दै २७१८.१६ विन्दुमा पुगेको छ । 

 

Advertisement:

Ad
Ad

परिसूचक बढेपनि कारोबार रकममा भने संकुचन देखिएको छ । बुधबार ३ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा यस दिन ३३४ वटा स्टकको ४५ हजार ६५ कारोबारमार्फत २ अर्ब ९३ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको ६६ लाख ८४ हजार कित्ता शेयर किनबेच भएको छ ।

यस दिन स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा धेरै १२.१९ प्रतिशतले उकालो लागेको छ । उता, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा धेरै १३.२४ प्रतिशतले घटेको छ भने अप्पर लोहोरे खोला जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १७ करोड ६८ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।