नेपाल लाइफ इन्स्योरेन्सले सरकारको पुर्ननिर्माण कोषलाई दियो १ करोड ५० लाख सहयोग

२०८२ मंसिर १५ गते

नेपाल लाइफ इन्स्योरेन्सले सरकारको पुर्ननिर्माण कोषलाई दियो १ करोड ५० लाख सहयोग

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुर्ननिर्माण कोषलाई १ करोड ५० लाखको सहयोग प्रदान गरेको छ ।

आज मन्त्रालयमा कम्पनीका संचालक समितिका अध्यक्ष गोविन्दलाल संघाई, संचालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा एक करोड पचास लाख रुपैयाँ बराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।

Advertisement:

Ad
Ad

२०८२ भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको पुर्ननिर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा उक्त रकम योगदान गरेको हो ।

 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गरेको सहयोगप्रति अर्थमन्त्री श्री रामेश्वर प्रसाद खनालले धन्यवाद ज्ञापन गरे। उक्त रकम सहित कोषमा हालसम्म ११ करोड ८२ लाख जम्मा भएको अर्थमन्त्रालयले जनाएको छ ।