२०८२ चैत १९ गते
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य सुधारसहित बन्द भएको छ। अघिल्लो दिनको उच्च गिरावटपछि बजारले हल्का उकालो लिएको हो। यस दिन नेप्से ५.८२ अंकले बढेर २७८२.१८ विन्दुमा पुगेको छ। फ्लोट इन्डेक्स झिनो बढ्दा सेन्सेटिभ र सेन्सेटिभ फ्लोट इन्डेक्स भने सामान्य घटेका छन्।
सूचक बढेपनि कारोबार रकम घटेको छ। बुधबारको तुलनामा कम हुँदै आज ८ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। आज ६ कम्पनीका सेयर सकारात्मक सर्किटमा कारोबार भए। साथै केही कम्पनीको मूल्य उल्लेख्य बढ्दा भुगोल इनर्जी डेभलपमेन्टको मूल्य सबैभन्दा धेरै घटेको छ।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल अग्रस्थानमा रहँदा ङादी ग्रुप पावर र हिमालयन रि इन्स्योरेन्स पनि शीर्ष कारोबारमा रहे।उपसमूहतर्फ १३ मध्ये ७ समूहमा वृद्धि देखिँदा ६ समूहमा गिरावट आएको छ। व्यापार र उत्पादन समूहमा राम्रो बढोत्तरी हुँदा बैंकिङ्ग, बीमा लगायत समूहमा सामान्य गिरावट देखिएको छ।
प्रतिक्रिया