२०८२ चैत ३० गते
काठमाडौँ। २०८२ सालको अन्तिम कारोबार दिन नेप्से सूचक सामान्य अंकले घटेर बन्द भएको छ। पछिल्ला दिनदेखि सुस्त देखिएको बजारले अन्तिम दिन पनि सोही लयलाई निरन्तरता दिएको हो।
सोमबार नेप्से ४.१८ अंक घटेर २८३३.६० विन्दुमा झरेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स १.४९ अंक घट्दा फ्लोट इण्डेक्स ०.३९ र सेन्सेटिभ इण्डेक्स ०.४१ अंकले घटेका छन्।
कारोबार रकम पनि केही खुम्चिएको छ। अघिल्लो दिनको तुलनामा घट्दै यस दिन २७० कम्पनीका २ करोड १ लाख ६३ हजार कित्ता शेयर ८ अर्ब ६६ करोड ५५ लाख रुपैयाँमा कारोबार भएको छ।
यस दिन ६ कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए। मेन्छियाम हाइड्रोपावरको शेयर मूल्य ९.०१ प्रतिशतले बढ्दा युनिक नेपाल लघुवित्तको मूल्य ३.६० प्रतिशतले घटेको छ।
]कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। उपसमूहतर्फ १३ मध्ये ६ बढ्दा ७ घटेका छन्। होटल तथा टुरिजम उपसमूह सबैभन्दा धेरै १.०२ प्रतिशतले बढ्दा व्यापार उपसमूह १.६२ प्रतिशतभन्दा बढीले घटेको छ।
प्रतिक्रिया