२०८२ चैत २५ गते
काठमाडौँ। बुधबार नेप्सेमा लगानीकर्तामाझ उत्साह छाएको छ। अघिल्लो दिनको सामान्य गिरावटपछि बजार ४५.१२ अंकले उकालो लाग्दै यस दिन २८०२.५२ विन्दुमा बन्द भएको हो । आज सेन्सेटिभसहित सबै सूचकहरू पनि हरियालीमै देखिएको छ। बुधबार कारोबारमा समेत उल्लेख्य वृद्धि भएको छ। यस दिन ३४६ कम्पनीका ९८ हजारभन्दा बढी कारोबारबाट ८ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ, जुन अघिल्लो दिनको तुलनामा उच्च हो।
आज ७ कम्पनीका सेयरमा पोजेटिभ सर्किट लागेको छ भने केही अन्य कम्पनीहरूमा पनि बलियो वृद्धि देखिएको छ। यता श्वेत गंगा हाइड्रोपावरको मूल्य भने सबैभन्दा बढी ४.३५ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल अगाडि रहँदा ४६ करोड ८१ लाख बराबरको कारोबार भएको छ।
प्रतिक्रिया