नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउन ११ मा उद्घाटन

२०८३ साउन ०८ गते

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउन ११ मा उद्घाटन

काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी साउन ११ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै सोही दिन उद्घाटन गर्ने तयारी गरिएको सडक विभागले जनाएको छ।

 

Advertisement:

Ad
Ad

विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार उद्घाटन कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का प्रतिनिधि तथा नेपालका लागि जापानी राजदूतलगायतको सहभागिता रहनेछ।

 

यद्यपि उद्घाटनपछि तत्कालै सर्वसाधारणका सवारीसाधन सञ्चालन गरिने छैन। सुरुङमार्गमा आवश्यक परीक्षण र टेस्ट ड्राइभ सम्पन्न भएपछि साउनको अन्तिम सातादेखि सर्वसाधारणका लागि सञ्चालन खुला गर्ने तयारी रहेको विभागले जनाएको छ।