२०८३ साउन २६ गते
काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा प्रारम्भिक सम्झौता भएको छ।
महिला लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा–१३, साँगामा तथा फर्स्ट माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिका–३०, ज्ञानेश्वरमा रहेको छ।
महिला लघुवित्तका कम्पनी सचिव दिवस राज ओलीका अनुसार दुवै संस्थाबीच २०८३ साउन २५ गते अपराह्न ४ बजे दुई पक्षीय प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो।
मर्जरसम्बन्धी सम्झौता भएपछि नेपाल धितोपत्र बोर्डमा दर्ता भएका संगठित संस्थाहरू एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ बमोजिम महिला लघुवित्तका आधारभूत शेयरधनीहरूको शेयर कारोबार रोक्का राख्न अनुरोध गरिएको कम्पनीले जनाएको छ।
निर्देशिकाअनुसार साधारण सभा सम्पन्न नभएसम्म आधारभूत शेयरधनीहरूको शेयर कारोबार रोक्का रहने व्यवस्था छ। सोही व्यवस्थाअनुसार आवश्यक प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।
प्रतिक्रिया