२०८२ साउन १० गते
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा लागेको भन्दै युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई निलम्बन गरिएको छ । युवा संघले खरेललाई एक वर्षका लागि निलम्बन गरेको हो ।
साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई निलम्बन गर्ने निर्णय गरेको हो । सुरजले पार्टी अध्यक्ष केपी शर्मा ओलीले अब मार्ग प्रशस्त गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा लेखका थिए ।
रुपन्देहीको देवदहका खरेललाई राष्ट्रिय युवा संघ नेपालको विधान २०४७ ९दशौं राष्ट्रिय महाधिवेशन, २०८२ जेठ ९–११, पोखरा, कास्कीद्वारा संशोधित विधानको धारा ४१ तथा धारा ४२ ९क० र ९ख० बमोजिम संगठनका सम्पूर्ण जिम्मेवारीहरूबाट पदमुक्त गर्दै, एक वर्षका लागि संगठनबाट निलम्बन गर्ने निर्णय गरिएको महासचिव रमेश चौलागाईले जारी गरेको पत्रमा उल्लेख छ ।
प्रतिक्रिया