कुमारी बैंकको मास्टर कार्ड सेवा सुरु, डिजिटल बैंकिङमा नयाँ फड्को

२०८२ चैत १३ गते

कुमारी बैंकको मास्टर कार्ड सेवा सुरु, डिजिटल बैंकिङमा नयाँ फड्को

काठमाडौं । कुमारी बैंक लिमिटेड ले विश्वव्यापी भुक्तानी प्रणाली Mastercard सँग सहकार्य गर्दै आफ्नो Mastercard सेवा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यससँगै बैंकले आफ्नो डिजिटल बैंकिङ यात्रामा नयाँ माइलस्टोन हासिल गरेको जनाएको छ।

 

Advertisement:

Ad
Ad

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत बैंकले बिहीबारदेखि आफ्ना ग्राहकका लागि Mastercard डेबिट कार्ड जारी सुरु गरेको जानकारी दिएको हो।

 

बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले कुमारी बैंकले डिजिटल रूपान्तरण र ग्राहकमैत्री सेवामा निरन्तर अग्रसरता लिँदै आएको उल्लेख गरे। उनका अनुसार Mastercard जस्ता अन्तर्राष्ट्रिय भुक्तानी समाधानको प्रयोगले बैंकको सेवा क्षमतामा थप विस्तार हुनेछ।

 

कार्यक्रममा बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्रकारले Mastercard को प्रयोग, यसको सम्भावना र ग्राहकलाई हुने फाइदाबारे विस्तृत जानकारी दिएका थिए। उनले नयाँ डेबिट कार्डले भौतिक तथा डिजिटल दुवै माध्यमबाट सुरक्षित र सहज कारोबार गर्न सकिने बताए।

 

बैंकका अनुसार, उक्त Mastercard डेबिट कार्ड नेपाल, भारत र भुटानका Mastercard स्वीकार गर्ने एटीएम तथा पीओएस मेसिनमा प्रयोग गर्न सकिनेछ। साथै, Mastercard मार्फत अनलाइन तथा अन्तर्राष्ट्रिय भुक्तानीसमेत सहज हुने बताइएको छ। बैंकले निकट भविष्यमा Mastercard क्रेडिट कार्ड सेवा पनि सुरु गर्ने योजना बनाएको छ।कुमारी बैंकले यसअघि नै आफ्ना एटीएमहरूमा Mastercard स्वीकार गर्दै आएको थियो। अब आफ्नै कार्ड जारी भएसँगै ग्राहकलाई थप सुविधा र सहजता मिल्ने विश्वास बैंकले व्यक्त गरेको छ।

 

२४ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २९७ शाखा, ३१५ एटीएम, ४६ एक्सटेन्सन काउन्टर र ४८ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको छ। बैंकले आगामी दिनमा पनि डिजिटल कारोबारलाई प्राथमिकता दिँदै अझ सरल, सुरक्षित र आधुनिक सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।