कुमारी बैंकको सूचना सुरक्षा प्रणालीले पायो (आईएसएमएस)अन्तर्राष्ट्रिय मान्यता

२०८२ फागुन ०४ गते

कुमारी बैंकको सूचना सुरक्षा प्रणालीले पायो (आईएसएमएस)अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं । कुमारी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त सूचना सुरक्षा व्यवस्थापन प्रणाली ISO/IEC 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ। यस प्रमाणपत्रले बैंकका सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको पुष्टि गरेको छ।

 

Advertisement:

Ad
Ad

ISO/IEC 27001:2022, Information Security Management Systems (ISMS)अन्तर्गत सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा कुल ९३ वटा नियन्त्रणहरू समावेश हुन्छन्। यी नियन्त्रणहरू प्रभावकारी रूपमा कार्यान्वयन भएको सुनिश्चित गर्न स्वतन्त्र बाह्य अडिट गरिन्छ र सोही आधारमा प्रमाणपत्र प्रदान गरिन्छ।

 

बैंकका अनुसार यस प्रमाणपत्रले सूचना सुरक्षा जोखिमको पहिचान, मूल्याङ्कन तथा व्यवस्थापनमा आफ्नो प्रणाली सुदृढ र अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको प्रमाणित गरेको छ। साथै, ग्राहकहरूको तथ्याङ्क सुरक्षित तथा गोप्य राख्ने, आवश्यक पर्दा उपलब्ध गराउने र अनधिकृत पहुँचबाट जोगाउने प्रणाली प्रभावकारी रूपमा लागू गरिएको पनि जनाइएको छ।

 

डिजिटल बैंकिङ सेवाहरूको तीव्र विस्तारसँगै साइबर सुरक्षा र डाटा गोपनीयता प्रमुख चासोको विषय बन्दै गएको अवस्थामा बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्ड सेवा तथा आन्तरिक प्रणालीहरूमा उच्चस्तरीय सुरक्षा मापदण्ड लागू गरेको जनाएको छ।

 

बैंकले नियमित जोखिम मूल्याङ्कन, कर्मचारी सचेतना कार्यक्रम, सुरक्षा परीक्षण तथा निरन्तर निगरानी प्रणालीमार्फत सम्भावित साइबर जोखिमहरूको रोकथाम, पहिचान तथा व्यवस्थापन गर्दै आएको उल्लेख गरेको छ। सूचना सुरक्षा एक पटकको उपलब्धि नभई निरन्तर सुधारको प्रक्रिया भएको भन्दै बैंकले आगामी दिनमा पनि नियामक मापदण्ड तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुसार सुरक्षा संयन्त्र थप सुदृढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।