मन्त्री बन्ने हल्लाबारे कुलमानको स्पष्टोक्ति: जनादेश विपरीत वैकल्पिक बाटोबाट सरकारमा जाने कल्पना पनि गर्न सक्दिन

२०८२ चैत १० गते

मन्त्री बन्ने हल्लाबारे कुलमानको स्पष्टोक्ति: जनादेश विपरीत वैकल्पिक बाटोबाट सरकारमा जाने कल्पना पनि गर्न सक्दिन

काठमाडौं । उज्यालो नेपाल पार्टीले नयाँ बन्न लागेको सरकारमा आफ्नो सहभागिताबारे विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका अध्यक्ष कुलमान घिसिङले मंगलबार बेलुकी एक वक्तव्य जारी गर्दै नेपालको संविधानअनुसार गैर–सांसद व्यक्ति मन्त्री बन्न नसक्ने स्पष्ट पारेका छन्। “जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न सकिँदैन,” वक्तव्यमा उल्लेख गरिएको छ।

Advertisement:

Ad
Ad

कुलमानले सरकारमा सहभागिताबारे अहिलेसम्म कसैसँग कुनै प्रकारको छलफल नभएको पनि प्रष्ट पारेका छन्।

उज्यालो नेपाल पार्टीले चुनावी परिणामलाई सम्मान गर्दै त्यसबाट पाठ सिकेर संगठन सुदृढ बनाउने अभियानमा केन्द्रित रहेको उनको भनाई छ। साथै, सुशासन र समृद्धिसहितको ‘उज्यालो नेपाल’ निर्माणप्रति आफ्नो प्रतिबद्धता अटल रहेको दोहोर्‍याएका छन् ।