२०८२ साउन २९ गते
काठमाडौं । नेपाल पर्वतारोहण संघमा कुलबहादुर गुरुङले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार नेपाल पर्वतारोहण संघ केन्द्रीय समितिको निर्वाचनमा अध्यक्षका प्रत्यासी गुरुङ्गले व्यवसायीक तथा समावेशि समूहको उम्मेदवार घोषणा गरेको बताए ।
उनले नेपालको पर्यटन क्षेत्रमा पर्वतारोहणको ठूलो भूमिका रहेको भन्दै यस क्षेत्रलाई थप उचाइमा पु¥याउन आफुले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको बताए । गुरुङको टिमबाट वरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ र महासचिवमा बिमल कुमार नहर्कीले चुनावी प्रतिस्पर्धा गर्ने बताए । त्यसैगरी सचिवमा ङीमा डिकी शेर्पा, कोषाध्यक्षमा सुमी लामा र सदस्यहरूमा पुष्कर शाह, बलबहादुर सुयाल, हरि गोपाल प्रधान, माधवप्रसाद पाण्डे, दिकी शेर्पा, गीता राई, सुदास लामा, लालबहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा लामा, पासाङ शेर्पा प्रत्यासी रहेका छन्। संघको चुनाव आगामी भदौ ७ गते हुँदैछ ।
यस्तो छ संयुक्त प्रेस विज्ञप्ति
'कुल बहादुर गुरुङ समूहको नीति दृष्टि र प्रतिबद्धता'
नेपालका हिमालहरू केवल प्राकृतिक दृश्य मात्र होइनन्, ती हाम्रो सांस्कृतिक पहिचान, जीवनधारा, अर्थतन्त्रको मेरुदण्ड र विश्वसमक्ष नेपालको गौरव हुन् । त्यसैले, नेपाल माउन्टेनियरिङ एशोसिएसनको नेतृत्वमा बाउने हाम्रो टोलीले सुरक्षित आरोहण, स्वच्छ हिमाल, सशक्त समुदाय, जलवायु न्याय, पारदर्शी नेतृत्व र अन्तर्राष्ट्रिय स्तरमा नेपालको हिमाली पर्यटनको राणी भूमिका सुनिश्चित गर्ने स्पष्ट कार्ययोजना प्रस्तुत ग
१. सुरक्षित, जिम्मेवार र दिगो हिमाली पर्यटन
.आरोहण र पदयात्रामा उच्चतम सुरक्षा मापदण्ड कायम गर्दै हेलि–रेस्क्युमा पारदर्शी नियमन र दुरुपयोग नियन्त्रण गर्ने । एभरेस्ट तथा अन्य ८००० मिटरभन्दा माथिका शिखरका लागि आचारसंहिता लागू गर्ने ।
. पर्वतारोहण सुरक्षा ऐन अद्यावधिक गरी आधुनिक आवश्यकताअनुसार नीति सुधार गर्ने ।
२. हिमाल संरक्षण र जलवायु कूटनीति
.“स्वच्छ हिमाल अभियान“ मार्फत आरोहण मार्ग, आधार शिविर र पदमार्ग सफा राख्ने दीर्घकालीन योजना कार्यान्वयन गर्ने । जलवायु परिवर्तनको असरबारे विभिन्न तरीकाले विश्वलाई सन्देश दिने र अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय सहभागिता जनाउने ।
. राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै जलवायु प्रतिरोधात्मक कार्यक्रम कार्यान्वयन गर्ने ।
३. स्थानीय समुदायको सशक्तीकरण र आर्थिक समृद्धि
.हिमालसँग सम्बन्धित स्थानीय उत्पादन, सेवा र जनशक्तिलाई प्राथमिकता दिने ।
.अफ सिजन र कम परिचित शिखरहरूको प्रवद्र्धनमार्फत पर्यटनको समान वितरण गर्ने ।
गाइड, शेर्पा, सहयोगि मजदुर, कुक लगायत उच्च हिमाली श्रमिकको तालिम, बीमा, स्वास्थ्य, कानुनी सहयोग र
.सामाजिक सुरक्षा सुनिश्चित गर्दै 'Mountain Workers Bill of Rights' लागू गर्ने ।
. दिवंगत श्रमिकका परिवारका लागि विशेष पेन्सन, सम्मान दिवस र छात्रवृत्ति कार्यक्रम गर्ने ।
४. नयाँ पुस्ता र सीप विकास
.एनएमए तालिम एकेडेमी र अनुसन्धान केन्द्र स्थापना गर्ने ।
. मनाङ पर्वतारोहण तालिम विद्यालय, अन्नपूर्ण उद्धार केन्द्र र ककनी अन्तर्राष्ट्रिय पर्वतारोहण स्मृति पार्कको स्तरोन्नति गर्ने ।
.अन्य हिमाली क्षेत्रमा नयाँ तालिम तथा उद्धार केन्द्र स्थापना गर्ने ।
.महिला पर्वतारोहण पहल, युवाका लागि अन्तर्राष्ट्रिय छात्रवृत्ति र विशेष सीप विकास तालिम आयोजना गर्ने ।
५. संस्थागत पारदर्शिता र प्रभावकारी सेवा
. सबै सेवामा डिजिटल प्रणाली लागू गर्दै ’एकद्वार सेवा’ स्थापना गर्ने ।
. वित्तीय स्रोतको विविधीकरण र पारदर्शी नेतृत्व प्रणाली लागु गर्ने ।
. स्थायी एनएमए नेतृत्व तथा रणनीति कार्यालय र “हिमालयन प्रेसिडेन्सियल थिङ्क ट्यांक“ स्थापना गर्ने ।
६. अन्तर्राष्ट्रिय प्रवद्र्धन र कूटनीतिक नेतृत्व
.विश्व मञ्चमा नेपालको हिमाली पर्यटनको ब्रान्डिङ र प्रचार गर्ने ।
.वार्षिक रुपमा अन्तर्राष्ट्रिय हिमाल महोत्सव आयोजना गर्ने ।
युआईएए,युएएए लगायत अन्तर्राष्ट्रिय संघसँग सहकार्य गर्दै वैश्विक आरोही सम्मान कार्यक्रम र दीर्घकालीन साझेदारी गर्ने ।
७. नेतृत्वको मूल्य र कार्यशैली
.हाम्रो नेतृत्व C± –Creation, Curation & CommunicationE–Energy, Excitement & Enthusiasm दृष्टिकोणमा आधारित हुनेछ । यसले सिर्जनात्मक सोच, योजनाबद्ध कार्यान्वयन र प्रभावकारी
.सञ्चारसहित उर्जा, उत्साह र प्रतिबद्धताले ल्ःब् लाई दीगो, समावेशी र सशक्त बनाउने छ ।
८. हाम्रो प्रतिज्ञाः
“हामी नेपालका हिमाललाई केवल आरोहणको लक्ष्य होइन, जीवन, संस्कृति र गौरवको स्रोतका रूपमा संरक्षण र प्रवद्र्धन गर्नेछौ । सुरक्षा, सम्मान, समावेशी विकास र अन्तर्राष्ट्रिय प्रतिष्ठासहित, हामी सबै हितधारकको एकताबद्ध आवाज बनेर नेपालका हिमाललाई विश्वको गर्व बनाउने यात्रामा अघि बढ्नेछौं ।
प्रतिक्रिया