नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने सुधार

२०८२ चैत ११ गते

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने सुधार

काठमाडौँ।  बुधबार नेप्सेमा करेक्सन देखिएको छ। लगातार पाँच दिनको वृद्धिपछि अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्दा नेप्से २४.४५ अंक घटेर २९३५.९४ विन्दुमा झरेको हो। 

यस दिन परिसूचक घटे पनि कारोबार रकम भने सामान्य बढेको छ। यस दिन ३४५ स्टकको १.३८ लाखभन्दा बढी कारोबारमार्फत करिब १५ अर्ब रुपैयाँको शेयर किनबेच भएको छ।

Advertisement:

Ad
Ad

 

५ कम्पनीका शेयर सकारात्मक सर्किटमा कारोबार हुँदा केही हाइड्रोपावर र अन्य स्टकमा वृद्धि देखिएको छ। तर अभियान लघुवित्तको मूल्य सबैभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्षमा रहँदा अपि पावर र शिवम् सिमेन्ट्स पनि अग्रस्थानमा देखिएका छन्। अधिकांश उपसमूह ओरालो लाग्दा व्यापार समूहमा भने सबैभन्दा बढी वृद्धि भएको छ।