६ अर्ब लगानीमा जनकपुरमा खानेतेल उद्योग खुल्दै, सरकारले दियो अनुमति

२०८२ जेठ २४ गते

६ अर्ब लगानीमा जनकपुरमा खानेतेल उद्योग खुल्दै, सरकारले दियो अनुमति

काठमाडौं। ६ अर्ब लगानीमा जनकपुरमा खानेतेल उद्योग खुल्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको लगानी बोर्डको ६४ औँ बैठकले जनकपुरमा खाने तेल उद्योग स्थापना गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको हो।

भारतको विनायक आयल इन्डस्ट्रिजले नेपालका उद्योगी राइसा टिवडेवालसँग सहकार्य गरी जनकपुरमा अत्याधुनिक खानेतेल उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याउने भएका छन् ।

Advertisement:

Ad
Ad

विनायक आयलको तर्फबाट नेपाली व्यवसायी टिबेडवालले लगानी बोर्डमा उद्योग स्थापनाका लागि प्रस्ताव पेस गरेका थिए। उद्योग पूर्वाधार बनाउन ६ अर्ब ५७ करोड ४९ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव परेको थियो । यो उद्योगमा बहुमत स्वामित्व भारतीय कम्पनी विनायक आयलको हुनेछ ।

भारतको पश्चिम वंगालको हावरामा बिनायक आयलको मुख्यालय छ । सन् १९९७ मा स्थापना भएको यो उद्योगले रिफायनरी खानेतेल उत्पादन गर्दैआएको छ । यो उद्योगले प्रिमियम ब्रान आयल, सनफ्लावर आयल, सोयाविन आयल र तोरीको तेल उत्पादन गर्दैआएको छ ।