२०८२ चैत ०४ गते
काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण नेपालबाट खाडी मुलुक भएर उँड्ने हवाईजहाज रोकिँदा काठमाडौँमा रहेका विमान कम्पनीका कार्यालयहरुमा यात्रुहरुको भीड लागेको छ । युद्ध चर्किँदै जाँदा साउदी अरब, दुबई,कतार बहराइन लगायत ९ देशका आकाशमा जहाज असुरक्षाको कारण देखाएर सिमित उडान हुँदा नेपालबाट खाडी मुलुक तथा युरोप अमेरिका जान भिसा तथा टिकट लिइसकेकाहरु समेत गन्तब्यमा पुग्न नपाउँदा अन्यौलमा छन् ।
काठमाडौँको हात्तिसारमा रहेको कतार एयरवेजको कार्यालय अगाडि विगत १० दिन यता भीड लागेको छ । विशेषगरी उडान समय बुझ्न जाने,टिकटको समय सार्ने टिकट लिने र टिकट रिफन्ड गर्ने यात्रुहरुको भीड मिलाउन सुरक्षाकर्मीहरु नै बस्न पर्ने अवस्था भएको छ ।
टिकटका लागि बुझ्न जाने यात्रुहरु बिहानैदेखि टोकन लिएर लाइन लागेको बताउँछन् । युके जान हातमा भिसा लिएर बसेकी ममता पौडेल कतार एयरवेजको कार्यालय अगाडि बिहान ७ बजेदेखि टोकन लिएर लाइनमा बसेको बताउँछिन् । उनको उडान समय चैत ३ गतेको थियो सो उडान तालिका सरेर २० दिन पछि पुगेको यद्यपि जहाज उँड्ने नउँड्ने टुंगो नभएको उनको भनाई छ ।
अमेरिका इजरायल र इरानबीच चर्किएको द्वन्दका कारण धेरै नेपालीहरुको उडान अनिश्चित बन्न पुगेकोछ ।
प्रतिक्रिया