३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते यो पटकको अर्थमन्त्रालयले दिने १० लाख उपहार

२०८३ भदौ ०१ गते

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते यो पटकको अर्थमन्त्रालयले दिने १० लाख उपहार

काठमाडौँ । गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले यसपटकको बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेका छन्।

 

Advertisement:

Ad
Ad

साउन १५ यता  खरिदमा सहभागी भएका उपभोक्तामध्येबाट गरिएको बम्पर उपहारमा १० लाख रुपैयाँको पुरस्कार जित्ने अवसर ती भाग्यमानी उपभोक्तालाई परेको हो। यो रकम प्राप्त गर्ने उपभोक्ताको कुपन नम्बर ०२६८८८९७९०३९ रहेको  आन्तरिक राजस्व विभागले जनाएको छ ।

 

करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र अर्थसचिव डा। घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गरेको हो । साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता आज घोषणा हुने पुरस्कारमा सहभागी भएका हुन् ।

 

विभागका अनुसार सुरुआती पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको सङ्ख्यामा उछाल आएको छ।साउन १६ देखि ३१ गतेसम्मको अवधिमा मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता ९अपलोड० भएका छन्।

यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार सङ्ख्या ७ हजार ७७ मात्रै थियो।

 

यता, क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार सङ्ख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ।विभागका अनुसार पछिल्लो १७ दिनको उपहार योजनामा कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ। यिनैमध्येबाट आज १७ जना विजेता छनोट भएका हुन् । जसमा साउन १६ गतेदेखि ३१ गतेसम्मका १७ दिनका एक(एक जनाले प्रतिव्यक्ति १ लाख ३३ हजार ३३४ रुपैयाँमा  कर कटाएर खुद १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

 

यस्तै, यी सबैमध्येबाट एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेका हुन् ।