२०८२ पुस ०३ गते
काठमाडौँ । नेकपा एमालेको एघारौँ महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये ३६ जनाले नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा भोट हालेनन्।
एमालेको केन्द्रीय निर्वाचन आयोगका अनुसार जम्मा २ हजार २ सय २७ मत मात्रै खसेको हो। ३६ जना मतदाता भने विभिन्न कारण मतदानमा सहभागी हुन नसेको आयोगले जनाएको छ।
एमाले निर्वाचन आयोगका अनुसार मतदानमा मुकुन्द न्यौपाने, वसन्त नेम्बाङ, बालकुमार काउछा, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, दानबहादुर विक, हिरबहादुर राजवंशी, पोस्टकुमार नेपाल, सरस्वती गौतम, सर्वतलाल राजवंशी, प्रदीपराज प्याकुरेल, समीर नेपाल, रचना राजोपाध्य, अशोक केसी, घनश्याम कोइराला, सिर्जना नेपाली, अषिम कोइराला,दिनेश बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेश अर्याल, मीना पोखरेल, तेजकुमार विक, पल्लबराज भट्ट, तिलक रिजाल, गोमा नेपालीलगायत उपस्थित हुन नसकेका हुन्।
एमाले निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाका अनुसार हिजो बुधबार बिहान ९स्२० बजे विद्युतीय भोटिङ मेसिनमार्फत सुरु भएको मतदान आज बिहान ७ बजे आसपास सम्पन्न भएको हो।
एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन्।
प्रतिक्रिया