२०८३ जेठ १६ गते
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले २ सय ७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएका छन् । आगामी आर्थिक वर्ष २०८३।०८४को बजेट सार्वजनिक गर्दै वाग्लेले औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तुभन्दा कम्तीमा एक तह न्यून हुने गरी २ सय ७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर सरकारले घटाएको उल्लेख गरेका हुन् ।
विद्यमान एघार तहको भन्सार दरलाई सात तहमा सीमित गरिएको छ । यो व्यवस्थाले आयातित वस्तु सस्तो हुन गई नागरिकले कम मूल्यमा वस्तु तथा सेवा खरिद गर्न पाउनेछन् । ‘हाल ३ सय ६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेको छ । भन्सार विन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुर जस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको छु,’ अर्थमन्त्री वाग्लेले भने ।
प्रतिक्रिया