ऋण उठाउन गएका ज्योति विकास बैंकका कर्मचारीमाथि हातपात घटनाको सिबिफिनले गर्यो भत्सर्ना

२०८२ मंसिर २९ गते

ऋण उठाउन गएका ज्योति विकास बैंकका कर्मचारीमाथि हातपात घटनाको सिबिफिनले गर्यो भत्सर्ना

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सिबिफिनले ज्योति विकास बैंकका कर्मचारीमाथि भएको हातपातको घटनाको कडा रुपमा प्रतिवाद गरेको छ ।

 

Advertisement:

Ad
Ad

सिबिफिनले एक विज्ञप्ति निकाल्दै बैंकबाट प्रवाह भएको कर्जाको किस्ता समस्या समाधानका लागि स्वयं ऋणीकै आग्रहमा छलफलका लागि पुगेका सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीहरुमाथि स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेका ऋणीहरुको जत्थाले कब्जामा लिइ कुटपिट गरिएको थियो ।

 

सिबिफिनले उक्त घटनालाई अत्यन्तै लज्जास्पद, घृणित एवं पशुवत व्यवहार र हिंस्रक आक्रमण भएको जनाएको छ । उक्त घटनामा स्थानीय सुरक्षा निकायले पीडितको जाहेरी दर्ता नगरेको र मिलापत्रका लागि दबाब दिएको कार्यप्रति समेत सिबिफिनद्वारा कडा आपत्ति प्रकट गरिएको छ ।