२०८२ साउन १८ गते
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेतृत्वमाथि प्रश्न उठाएबापत पार्टीले सजाय तोके भोग्न तयार रहेको बताएका छन् । आइतबार बसेको माओवादी स्थायी कमिटी बैठकमा शर्माले आफूलाई माओवादीबाट जति धकेल्न खोजे पनि आफू माओवादीमै रहने उनले जिकिर गरे ।
स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले अध्यक्ष प्रचण्डमाथि खरो रुपमा प्रस्तुत भएका जनार्दन शर्मालाई अभिव्यक्ति सँच्याएर बोल्न सचेत गराएका थिए । शर्माले प्रतिउत्तरमा भने, ‘मैले पार्टी निर्माणका लागि सबैका सामु प्रश्न उठाए, अरुले भित्र-भित्रै यो पार्टी बन्दै-बन्दैन भन्दै हिँडेका छन्। तर पार्टी निर्माणमा मैले प्रश्न उठाए बापत के सजाय भोग्नुपर्छ म तयार छु। पार्टी फुट्छ भन्ने दुष्प्रचार खारेज गर्छु। जति धकेल्न खोजे पनि म पार्टीमा अड्डि रहन्छु,’ उपमहासचिव शर्माले स्थायी कमिटी बैठकमा भने, ‘३१ लाखबाट ११ लाख मत झार्न मेरो कमजोरी छ भने म आत्मालोचना गर्न तयार छु। हैन भने तत् तत् ठाउँबाट आत्मालोचना गर्न आवश्यक छ।’
शर्माले अध्यक्ष प्रचण्डमाथि सँच्चिएर जान दिएका सुझाव गलत भएको भए सजाय भोग्न तयार भएको जिकिर गरेका छन् ।
प्रतिक्रिया