२०८३ वैशाख २८ गते
काठमाडौँ । पूर्व सञ्चारमन्त्री तथा सांसद जगदिश खरेलले आफू विरुद्ध झुठा र कपोकल्पित समाचार लेखेको भन्दै उजुरी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत स्मार्ट टेलिकमसँग जोडेर भ्रष्टाचारमा मुछिएको भन्दै समाचार लेख्ने राजधानी दैनिक विरुद्ध उजुरी दिएको बताएका छन् ।
उनले सञ्जालमा लेखेका छन्, 'मेरो बारे भ्रामक, झुटा, आधारहीन तथा कपोलकल्पित समाचार प्रकाशित गर्ने राजधानी दैनिक नामक पत्रिका विरुद्ध आजै प्रेस काउन्सिल नेपाल तथा नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरेको छु। भ्रम फैलाउने केही सामाजिक सञ्जालविरुद्ध पनि मैले उजुरी दिएको छु । न्याय पाउनेमा मेरो पूर्ण विश्वास छ। साथै, सम्बन्धित पत्रिकाले माफी माग्दै मेरो सार्वजनिकरुपमा आएको खण्डनलाई अघिल्लो समाचारसरह प्राथमिकताका साथ प्रकाशित गर्न माग गर्दछु।'
उनले अगाडि लेखेका छन्, 'यस घटनाले मेरो प्रतिष्ठा र स्वाभिमानमा गम्भीर ठेस पुगेको छ। मिडियाको आवरणमा हुने यस्ता गैरजिम्मेवार गतिविधिले समग्र व्यावसायिक पत्रकारिताको छविमा असर पार्ने भएकाले यसप्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, म स्वतन्त्र र व्यावसायिक पत्रकारिताको पक्षधर हुँ, र मेरो जग पनि यही हो ।'
प्रतिक्रिया