इरानद्वारा ट्रम्पसँग वार्ता गर्न अस्विकार,शक्तिशाली मिसाइल प्रहारको चेतावनी

२०८२ फागुन २६ गते

इरानद्वारा ट्रम्पसँग वार्ता गर्न अस्विकार,शक्तिशाली मिसाइल प्रहारको चेतावनी

काठमाडौँ । इरानको इस्लामिक रिभोल्युशनरी गार्ड्स कोप्र्स (आईआरजीसी) ले अमेरिका–इजरायलविरुद्ध जारी युद्धमा शक्तिशाली मिसाइल प्रहार गरिने बताएको छ ।

 

Advertisement:

Ad
Ad

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मिसाइल कार्यक्रम ध्वस्त भइसकेको दाबी गरेका थिए । उनले चाडैं नै युद्ध सकिने बताएका थिए । तर, आईआरजीसीले दाबी खण्डन गरेको छ । उसले आफुसँग शक्तिशाली मिसाइलहरु रहेको दाबी गरेको छ ।

 

ट्रम्पले हर्मुज नाकाबाट तेल ट्यांकर रोक्ने प्रयत्न भएमा इरानमाथि २० गुणा शक्तिशाली प्रहार गरिने चेतावनी पनि दिएका थिए । तर इरानले युद्धमा आत्मसमर्पण नगर्ने जनाएको छ । इरानले बहराइन, कुवेत, युएई, साउदी अरबसहित पश्चिम एशियाका विभिन्न क्षेत्रमा प्रत्याक्रमण जारी नै राखेको छ । मंगलबार बहराइनको मनामामा एक जनाको मृत्यु भएको छ भने इजरायलको राजधानी आसपास दुई जनाको मृत्यु भएको छ ।

 

सोमबार मध्यराति अमेरिकाले गरेको शक्तिशाली आक्रमणमा तेहरानको रिसालात स्क्वायर नजिकै कम्तिमा ४० जनाले ज्यान गुमाएका छन् ।