शान्ती सम्झौतापछि इरानको सेयरबजारमा ऐतिहासिक रेकर्ड, एकैदिन १ लाख १६ हजार अंकले बढ्यो

२०८३ असार ०२ गते

शान्ती सम्झौतापछि इरानको सेयरबजारमा ऐतिहासिक रेकर्ड, एकैदिन १ लाख १६ हजार अंकले बढ्यो

काठमाडौँ । इरानको तेहरान स्टक एक्सचेन्ज टीएससीको प्रमुख सूचकांक (TEDPIX)ले ऐतिहासिक उचाइ हासिल गरेको छ। इरानी सञ्चारमाध्यमहरूका अनुसार सूचकांक एकै कारोबार दिनमा १ लाख १६ हजार अंकले वृद्धि हुँदै ५० लाख ९७ हजार अंक पुगेको हो, जुन करिब २.३ प्रतिशतको उल्लेखनीय वृद्धि हो।

 

Advertisement:

Ad
Ad

इरानको सरकारी सञ्चार संस्थाले सेयर बजारमा देखिएको यो उपलब्धिलाई (TEDPIX)को “नयाँ ऐतिहासिक रेकर्ड” का रूपमा उल्लेख गरेको छ।यसैबीच, मध्यम तथा साना कम्पनीहरूको सेयर मापन गर्ने समान भार सूचकांक (Equal weighted index)उल्लेखनीय रूपमा उकालो लागेको छ। तस्निम समाचार एजेन्सीका अनुसार उक्त सूचकांक ३१ हजार अंकले बढेर १३ लाख ६८ हजार अंक पुगेको छ।

 

इरानले गत महिना युद्धका कारण करिब ८० दिनसम्म बन्द रहेको शेयर बजार पुनः सञ्चालनमा ल्याएको थियो। अन्तर्राष्ट्रिय प्रतिबन्धको मारमा रहेको इरानमा पूँजी बजार अर्थतन्त्रको मुख्य वित्तीय स्रोत नभए पनि यसले देशको आर्थिक अवस्थाबारे महत्वपूर्ण आधार प्रदान गर्दै आएको छ।

 

विशेषज्ञहरूका अनुसार शेयर बजारको पछिल्लो उछालले लगानीकर्ताको विश्वास, बजारमा तरलता तथा आर्थिक गतिविधिप्रतिको आशालाई प्रतिबिम्बित गरेको छ।